चालीस करोडको लगानीमा चारतारे होटल

२०७३ बैशाख ८ गते, बुधबार

काठमाडौ, ८ बैशाख । दुगड ग्रुपले रु ४० करोडको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ ।
विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच मङ्गलबार बेलुका एक अमेरिकी नागरिक माइकल कोबोल्डबाट उद्घाटन भएको छ ।
उद्घाटनका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुगड ग्रुपका सञ्चालक तथा वरिष्ठ उद्योगी मोती दुगडले विराटनगरको पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विराटनगरमा गतिलो होटल एउटा पनि छैन, त्यसैले यो होटल बनाएको छु ।” विराटनगरको धरान रोड–७ मा दुगडको २६ बिघा जग्गामा रु एक अर्बको लगानीमा अर्को पाँचतारे होटल पनि निर्माण भइरहेको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु