रोट महोत्सव जेठ ८ बाट

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौं, २७ बैशाख । गोरखनाथ गुफामा १३ औं रोट महोत्सव हुने भएको छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा विगत १२ वर्ष देखि निरन्तर गोरखामा सवालाख रोट महोत्सव गर्दैै आएको सिद्धाश्रम शक्ति केन्द्रले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि सो महोत्सव हुने जानकारी दिएको हो । केन्द्रका संयोजक रामजी अर्यालले हरेक यस वर्ष पनि बैशाखी पुर्णिमाबाट रोट महोत्सव गर्न लागेको बताए । ११ दिन सम्म चल्ने महोत्सव आगामी जेठ ८ गते बाट सुरु हुने केन्द्रले जनाएको छ । केन्द्रको संयोजक अर्यालले भने ‘गुरु गोरखनाथको प्रिय खाद्य वस्तु सवालाख रोट चढाएर उहाँको भजन किर्तनसहित महोत्सवको १३ औ सस्करण सुरु गर्ने तयारीमा जुटेका छौ ’ गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने खाद्यबस्तु रोट चढाए पछि उहाँ खुशी हुने र देशमा आउने विध्नबाधा अन्त्य हुने धार्मिक विश्वास छ । गोरखा र आसपासमा हरेक मौसममा नयाँ अन्नवाली भित्र्याउने वित्तिकै वर्षमा दुई पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाएर मात्र खाने चलन छ ।
नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अपर्ण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानीयमा रहेको गोरखनाथ गुफाका पुजारी प्रदिपनाथ योगीले बताए । जेठ ८ गते शोभायात्रासहित गोरखा सदरमुकामबाट गुरु गोरखनाथको रथ बोकेर गुफा सम्म लगिने र ११ दिनसम्म हरेक दिन एक लाख रोट गोरखानाथ बाबालाई चढाईने केन्द्रका जिल्ला संयोजक किशोरकुमार अकेलाले बताए । ११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रवन्ध समेत आयोजकले मिलाएको छ ।
रोट महोत्सवमा हरेक दिन साधक साधिकहरु बाट धार्मिक प्रवचन तथा भजनकिर्तन समेत हुने केन्द्रका संयोजक अर्यालले बताए । महोत्सवमा नेपालको विभिन्न जिल्ला र भारतबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् । गत साल १२ बैशाखको भुकम्पले गोरखनाथ गुफामा क्षति पुगेको छ । अस्थायी रुपमा मर्मत गरेर महोत्सव गर्ने तयारी केन्द्रले गरेको जिल्ला संयोजक अकेलाले बताए । केन्द्रले गोरखनाथ गुफाको पुननिमार्णको लागि सरकारसँग माग समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ढङ्ढङे झरना ओझेलमा

२०८२ असार २३ गते, सोमबार