रातो मच्छिन्द्रनाथको रथ जात्रा सुरु
काठमाडौ, २८ बैशाख । वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुँदैछ । ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावलाखेल पुराइन्छ । लिच्छविकालदेखि नै यो जात्रा निरन्तर चलिरहेको छ ।
त्यस बेला देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा यो जात्रा मनाईने प्रचलन रहँदै आएको हो । रथ तान्न शुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा २ महिना लाग्ने गर्छ । त्यसैले यो जात्रालाई नेपालमा हुने मध्ये धेरै दिन हुने लामो जात्राका रुपमा पनि लिइन्छ ।