मकालु हिमाल आरोही दुई जनाको मृत्यु
काठमाडौ, ३० बैशाख । संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा २ जना आरोही गाईडको मृत्यु भएको छ । मृत्यू हुनेमा मकालु–५ नुर्पु गाउँका ५१ बर्षीय लाक्पा शेर्पा र सोलु जुबिङ १ का ३५ बर्षीय दावातेन्जी शेर्पा रहेका छन् । अक्सिजन कमीका कारण सुतेकै अवस्थामा उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मकालु हिमाल आरोहणका लागि ११ जनाको जर्मन टोलीसहित मकालु बेसक्यापको २ नम्बर क्याम्पमा पुगेका उनीहरुको राति मुत्यु भएको संखुवासभा प्रहरी नायव उपरिक्षक गौतम केसीले बताए । मकालु हिमाल ८ हजार ४ सय ६३ मिटर उचाईमा रहेको छ, भने आरोहण मध्येकै खतराको सूचीमा समेत मकालु हिमाललाई मान्ने गरिएको छ ।