लाङटाङ – गोसाइँकुन्ड हाफ म्याराथन हुने
काठमाडौं, ३० वैशाख । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा आगामी जेठ १४ देखि १६ गतेसम्म लाङटाङदेखि गोसाइँकुन्डसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको छ । तीनदिने प्रतियोगिता गोसाइँकुन्डबाट सुरु भइ लौरीबिना, चोलाङपाटी, चन्दनपारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चे पुगेर सम्पन्न हुनेछ । १८ वर्षभन्दा माथिका स्वदेशी तथा विदेशी नागरिकले उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले विनाशकारी भूकम्पले थलापरेको लाङटाङ क्षेत्रको पर्यटनलाई माथि उकास्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।