सुनकोसीमा र्‍याफ्टिङको शुभारम्भ

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौ, १ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले सिन्धुलीको खुर्कोटमा एक समारोहका बीच र्‍याफ्टिङको शुभारम्भ गरेका छन । सिन्धुलीको सुनकोसी नदी तटीय क्षेत्रलाई पर्यटकीय आवागमनको गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले र्‍याफ्टिङको सुरुवात गरिएको हो । नेता नेपालसँगै राजधानी तथा सदरमुकाम सिन्धुलीमाडीका दुई सय जलयात्रीले सुनकोसी नदीमा जलयात्रा गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।
देशका विभिन्न स्थानबाट ऐतिहासिक सिन्धुली जिल्लाको भ्रमणमा आउने पर्यटकलाई थप आनन्द दिलाउन र्‍याफ्टिङ सञ्चालन गरिएको सञ्चालकले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु