२० वटा हिमताल जोखिममा

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौ, ४ जेठ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठले च्छो रोल्पा, इम्जा, तल्लो बरुण, तुलागी र नाम नचलेका दुई हिमताल उच्च जोखिममा रहेको बताएका छन । उनका अनुसार नेपालका झण्डै २ हजार हिमतालमध्ये २० वटा जोखिममा छन् र त्यसमा पनि ६ वटा उच्च जोखिममा छन् । श्रेष्ठका अनुसार पानीमा पहिरो गए, भूकम्पका कारण छचल्किए, ताल आफै ठूलो भएर त्यसमा पानीको आयातन बढे हिमताल फुट्ने उच्च जोखिम हुन्छ ।
जोखिम न्यूनिकरणको लागि ताल मै रहेको पानी घटाउने वा तल्लो तटिय क्षेत्रका लागि विशेष कार्यक्रम गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यस्तै तल्लो तटिय क्षेत्रमा जोखिमपूर्ण स्थान पहिचान गरेर न्यूनिकरणको सम्भावना पहिल्याएर अवलम्बन गर्ने, नदी आसपासमा बस्ती नबसाल्ने, भौतिक संरचना निर्माणमा सावधानी अपनाउने, पूर्वसूचना प्रणाली जडान गर्ने लगायतका काम अहिले नै गर्नुपर्ने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ढङ्ढङे झरना ओझेलमा

२०८२ असार २३ गते, सोमबार