अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन जारी
काठमाडौ, ७ जेठ । काठमाडौमा सुरु भएको बौद्ध सम्मेलनमा आज विभिन्न कार्यपत्रमाथि छलफल हुँदैछन् । २५६० औं बुद्ध जयन्तीको अवसर पारेर
“लुम्बीनी, नेपालः भगवान् गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमी” भन्ने नारा सहित सुरु भएको सम्मेलनमा २८ देशका सरकारी प्रतिनिधि, धर्मगुरु, भिक्षु तथा भिक्षुणी, बौद्ध दर्शनका ज्ञाता तथा विद्धान र बुद्धका अनुयायीहरुको सहभागिता छ । दुई दिनसम्म चल्ने सम्मेलनमा १८ विदेशी र ६ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
बुद्धजयन्तीको दिन जेठ ८ गते लुम्बिनीमा आयोजना हुने समारोहमा लुम्बिनी घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ । कार्यक्रममा भाग लिन भारत, चीन, कोरिया, जापान, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत, कतार, बर्मा, मंगोलिया, भुटान, अष्ट्रेलिया, थाइल्याण्डबाट प्रतिनिधिहरु आएका छन् ।
दुई दिने कार्यक्रममा बौद्ध दर्शनसँग सम्बन्धित कम्तीमा १८ विदेशी र ६ नेपाली विद्धानहरुका कार्यपत्र प्रस्तुत हुनेछन् । गोष्ठीबाट निस्किएको निश्कर्षलाई भोलि लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा घोषणापत्रमार्फत जारी गरिने छ ।