आज २५६० औं बुद्ध जयन्ती

२०७३ जेष्ठ ८ गते, शनिबार

काठमाडौं, ८ जेठ । आज २५६० औं बुद्ध जयन्ती । बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोह हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्, भिक्षुहरुको सहभागिता रहने छ । लुम्बिनी परिसरलाई झकिझकाउ पारेर सजाइएको छ । एसियाको ज्योतिको रुपमा परिचित गौतमबुद्धको मूल जन्मस्थल र बुद्ध दर्शनको मुहान लुम्बिनीमा सरकारले यसपटक अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त बौद्धधर्म गुरुको उपस्थितिमा बुद्धजयन्ती मनाउन लागेको हो ।
बुद्धजयन्ती समारोहमा झण्डै १५ हजार जना सहभागी हुने अनुमान गरिएको छ । काठमाडौँमा दुईदिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी भएका विभिन्न २८ देशका ३५० भन्दा बढी विदेशी धर्मगुरु पनि लुम्बिनी पुगेका छन् । यसवर्ष ‘लुम्बिनी नेपाल : भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ भन्ने मूल नाराका साथ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन लागिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु