आज अन्तराष्ट्रिय सगरमाथा दिवस
काठमाडौँ, १६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए ।
सगरमाथामा मानव पाइला परेको पहिलो दिन मे २९ लाई अन्तराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभित्र कार्यक्रमका साथ मनाउने गरिन्छ । गएका दुईवर्ष सगरमाथाको आरोहण बन्द हुदाँ पर्वतारोही निरास भएका थिए । यसले नेपालको पर्वतीय पर्यटन नै जोखिममा परेको थियो । यसवर्ष बसन्त ऋतुमा देश विदेशका पर्वतारोहीले फेरि सगरमाथामा पाइला राखेर साहसको परिचय दिएका छन् भने नयाँ रेकर्ड राख्नसमेत सफल भएका छन् । गएको वर्ष भूकम्पका कारण सगरमाथाको आरोहण हुन सकेको थिएन् भने अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको ज्यान गएको र आरोहणको रुटसमेत भत्किएकाले आरोहण स्थगित गरिएको थियो ।
सगरमाथाको आरोहणको प्रारम्भसँगै खस्किएको नेपालको पर्यटन प्रवद्र्धनको दिशा तर्फ उन्मुख भएको छ । ६३ वर्षको आरोहणको अवधिमा झण्डै सात हजार पर्वतारोहीले सगरमाथा आरोहण गरेका छन् ।