प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको छड्के
काठमाडौं, ३२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरिक्षण गरेका छन । पूर्वाधार कम भएको, सरसफाई नभएको र जाँच पासका लागि धेरै समय लाग्ने गरेको लगायतका गुनासो आएपछि प्रधानमन्त्रीले विमानस्थलको आकस्मिक निरीक्षण गरेको बताइएको छ ।
अनुगमनपछि प्रधानमन्त्री ओलीले अत्याधुनिक स्क्यानिङ मेशिन र सिसिटीभीको ब्यवस्था गर्न तथा अहिले उपलब्ध जनशक्तिबाटै सेवालाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन । निरीक्षणमा त्रिभुवन विमानस्थलका शौचालय फोहोर भेटिएको, भौतिक पूर्वाधारको कमी देखिएको छ ।