मिस टुरिज्मको लागि आवेदन खुल्दै

२०७३ असार ४ गते, शनिबार

काठमाडौँ, ४ असार । नेपालको पर्यटन क्षेत्रको बहुआयामिक प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको “मिस टुरिजम–२०१६” आवेदन खुला गरिएको छ । आयोजक संस्था प्वाइन्ट मिडियाका अनुसार भोली असार ५ गतेदेखि देशैभरिबाट आवेदन खुल्ला गरिने भएको छ । भने आवेदन साउन ५गतेसम्मका लागि खुल्ला गरिएको छ ।
प्वाईन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रलाई ग्ल्यामरस र अन्तर्रा्ष्ट्रिय स्तरमा नेपालको पर्यटनको छुट्टै पहिचान निर्माण गर्ने उदेश्यका साथ आगामि भाद्र २५ गते का दिन मिस टुरिजम आयोजना गर्न लागेको हो ।
सोमबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा मिस टुरिजमको लागि आउदो असार १ गतेबाट आवेदन खुल्ला गरिने जानकारी प्वाईन्ट मिडियाले दिएको छ । मिस टुरिजममा १८ वर्ष देखि २५ वर्ष समुहका जुनसुकै क्षेत्रमा आवद्ध नेपाली महिलाले भाग लिन पाउनेछन् ।
मिस टुरिजमलाई सभ्य र विवादरहित बनाउन सिंगो पर्यटन क्षेत्रसंग सहकार्य गरिने प्वाईन्ट मिडिया प्रालिका प्रमुख नविन काफ्लेले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले मिस टुरिजम नेपाली पर्यटन इतिहासमा सर्वथा नौलो भएको बताउनुभयो । साथै अधिकारीले यस्ता कार्यक्रमले नेपालको पर्यटन क्षेत्रको विस्तारमा महत्वपुर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ तथा पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु