बाघ भैरवको बाह्र वर्षे जात्रा आज समापन हुदै
काठमाडौ, १४ असार । बाघ भैरवको बाह्र वर्षे जात्रा आज सकिदैछ । काठमाडौंको लुमढी भद्रकाली र कीर्तिपुरमा आज नाचमा सहभागी हुने सबै देवगणहरूलाई तान्त्रिक विधि अनुसार ‘सिस् जास् नकेगु’ भनी अन्तिम पटक मृत्यु भात भोजन गराए लगत्तै साँस्कृतिक बाजागाजाका साथ शोभा यात्रा गराइन्छ । अन्तमा मसनमा र्पुयाई मुकुट जलाउने परम्परा छ ।
यस दिनको जात्रामा मानिसको मृत्यु हुँदा जसरी नै मानिसहरू रूने, भावविह्ल हुने गर्दछन् । साथै मानिसको मृत्यु हुँदा बजाउने बाजाको पनि प्रयोग गरिन्छ ।