काठमाडौं-ल्हासा पर्यटक बस चल्ने

२०७३ असार १६ गते, बिहीबार

काठमाडौं, १६ असार । काठमाडोंबाट चीनको ल्हासासम्म पर्यटक बस सञ्चालन गर्ने सहमति भएको छ । नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएका छन । ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ ।
सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।
अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ । तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु