जलकुम्भीका कारण फेवाताल कुरुप
काठमाडौ, १८ साउन । जलकुम्भीका कारण फेवाताल कुरुप बन्दै गएको छ । बर्षायाममा तालको सौन्दर्यनै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा फेवाताल कुरुप जस्तै देखिएको हो । बर्षा लागेसंगै फेवाताल जलकुम्भी झारले ढाकिने गर्दछ । गत बर्ष सम्म पोखराका पर्यटन व्यसायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी सफाइ गर्ने गरेका थिए । तर यो बर्ष सबै निकाय मौन रहेकाले तालको सौन्दर्यतानै हराएको छ । यो बर्ष जलकुम्भी झार हटाउन पोखरा उपमहानगरपालिकाले एनसेलसंग सम्झौता गरेको भनिएपनि काम भने हुन सकेको छैन ।
जलकुम्भी झार ब्यबस्थापनको लागि भन्दै जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै आएका छन् । झारको कारण तालमा डुङ्गा सयरमा समेत समस्या भएको फेवा डुङ्गा व्यवसायीहरुको गुनासो छ ।