पशुपतिनाथको मूलद्वार कलात्मक बनाइने
काठमाडौँ, २२ साउन । पशुपतिनाथ दक्षिण मूलद्वार कलात्मक रुपमा निर्माण हुने भएको छ । कलात्मक द्वार निर्माणका लागि पशुपति विकास कोषलाई नेपाल एसबिआई बैंकले रु एक करोड ७५ लाख दिने सम्झौताभएको छ । द्वारसँग टिकट घर, सुरक्षाकर्मी घर, फूलप्रसाद बिक्री केन्द्र, एटिएम र शौचालय पनि निर्माण हुने सम्झौता भएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताए । एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने सहमति भएको उनले बताए ।