देउडा खेल सुरु

२०७३ श्रावण २३ गते, आईतवार

काठमाडौं, २३ साउन । सुदूरपश्चिमको महान् पर्व गौरा पर्व नजिकिएसँगै कञ्चनपुरमा देउडा खेल सुरु भएको छ । गौरा पर्व नजिकिँदै जाँदा कञ्चनपुरको चोक चोकमा देउडा, धुमरीलगायत खेल सुरु भएका छन् । पछिल्लो समय लोप हुँदै गएको देउडा संस्कृतिप्रति स्थानीयको चासो बढ्दै गएको हो । गौरा नजिकिएसँगै विभिन्न संघसंस्थाले देउडा कार्यक्रम आयोजना गर्न थालेका छन् । चौपातो देउडा परिवारले सुदूरपश्चिमको संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो पुस्ताले विदेशी संस्कृतिको अनुसरण गर्दै आफ्नो मौलिक परम्परा र संस्कृतिलाई बिर्सन थालेकाले संरक्षणका लागि देउडा कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु