इन्द्रजात्रा सुरु

२०७३ भाद्र २८ गते, मंगलवार

काठमाडौं, २८ भदौ । आज बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएपछि विधिवत रुपमा यस बर्षको इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोकामा लिंगो ठड्याउने क्रममा ३ जना घाइते भएका छन् । पहिलोपटक लिंगो ठड्याउने प्रयास गर्दा लिंगो ढलेर एकजना नेपाली सेनाका जवान र दुईजना स्थानीय बासिन्दा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । आज नै इन्द्रजात्रा सम्बन्धी देवीदेवता पनि सार्वजनिक प्रदर्शन गर्ने गरिन्छ । मजिपाः लाखे, हल्चोकका श्वेत भैरब, किलागलका हात्तीरुपी पुलुकिसि लगायतका देवीदेवताका नाचले प्राचीन साँस्कृतिक नगर काठमाडौंलाई संगीतमय बनाउने परम्परा छ । बेलुका यसवर्षभरी दिवंगत भएका परिवारजनको स्मृतिमा काठमाडौंका बासिन्दाले दीप प्रज्ज्वलन गर्दै प्राचीन नगरक्षेत्र परिक्रमा गर्नेछन् ।
लिंगोसँगै काठमाडौं शहरको रक्षाको लागि चारकुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइने छ । यस्तै इन्द्रजात्रा सुरु भएको प्रतिक स्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्र लगायतका ठाँउमा पनि ससाना लिंगो ठड्याउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]