कालीगण्डकीमा बन्जी जम्प

२०७३ भाद्र २९ गते, बुधबार

काठमाडौँ, २९ भदौ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान गाविस स्थित नेपाने जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गर्ने तयारी गरिएको छ । साहसिक पर्यटकलाई आकर्षित गर्न नीजि क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टिप्रपोज प्रा.लि.ले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ ।
कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा १२ करोड रुपैयाँको लागतमा ५ सय ३५ मिटर लम्बाई र २ सय २५ मिटर उचाईको पुल निर्माण गरी बन्जी जम्प निर्माण गर्न सुरु गरिएको हो । कम्पनीले बन्जी खेल्न आउने पर्यटकका लागि रिसोर्टसमेत निर्माण सुरु गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु