आज इन्द्रजात्रा पर्व

२०७३ भाद्र ३० गते, बिहीबार

काठमाडौं, ३० भदौ । आज इन्द्रको पूजा–आराधना गरी उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तानिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ ।
यस अवसरमा लाखे नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ । यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु