सिद्धपोखरीमा भक्तजनको घुइँचो

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौ, ३१ भदौ । इन्द्रजात्राको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दह (सिद्धपोखरी)मा आज बिहानैदेखि ठूलो मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट आश्विन कृष्ण द्वितीयाका दिन यहा“ ठूलो मेला लाग्ने गर्दछ । इन्द्र दह (सिद्धपोखरी)को स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनको ठूलो घुइँचो लागेको हो ।
देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख–समृद्धि मिल्ने जनविश्वास छ । हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर सिद्धपोखरीमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबलि चलाउने परम्परा रहेको छ । त्यसबेला परम्परागत बाजागाजाका साथ दाफा र भजन गाउने प्रचलन रहेको छ ।
सिद्धपोखरीमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति छन् । अनावृष्टि हु“दा सिद्धपोखरीमा आई वासुकी नागलाई पूजा गर्ने र जलवृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन रहेको छ । पोखरीमा रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको स्थानीय बुढापाका बताउँछन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु