तलेजु भवानीमा सर्वसाधारणले प्रवेश पाउने

२०७३ आश्विन १५ गते, शनिबार

काठमाडौँ, १५ असोज । विजया दशमीको अघिल्लो दिन महानवमीमा हनुमानढोका दरबारस्थित तलेजु भवानीमा सर्वसाधारणले प्रवेश पाउने भएका छन् । तलेजु मन्दिर रहेको त्रिशूलचोकमा थुपारिएका भूकम्पले क्षतिग्रस्त सरसामान यसैका लागि शुक्रबारदेखि हटाउन थालिएको छ ।
हनुमानढोका दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार महानवमीका दिन बिहान ४ः०० बजेदेखि नै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला हुनेछ । तलेजुको दर्शनसँगै हनुमानढोका दरबार मूलचोकमा रहेकी देवीको सर्वसाधारणले दर्शन गर्न पाउनेछन् । मूलचोकमा १०८ राँगा, बोकाको बली दिई कालरात्रि गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु