ककनीमा सय फुट उचाइको बुद्ध प्रतिमा बन्दै

२०७३ मंसिर २४ गते, शुक्रबार

काठमाडौँ, २४ मंसिर । लुम्बिनी कपिलवस्तु विश्व अभियानले ककनीमा एक सय फुट उचाइ भएको बुद्ध प्रतिमा निर्माण कार्यलाई अघि बढाउने भएको छ । बेल्जियमको ब्रसेल्समा सम्पन्न अभियानको सम्मेलनले ललितपुरमा रहेको हिरण्य वरणहाविहारको रिप्लिका निर्माणको कामलाई पनि अघि बढाउने निर्णय भएको छ । नेपाललाई बुद्ध भूमि नामकरण गरिनुपर्ने विश्वव्यापी अभियानमा लागेका अभियान्ताले लुम्बिनी गेट निर्माणका लागि एक रुपियाँ अभियान पनि सञ्चालन गर्ने अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यले इमेलमार्पत जानकारी दिएका छन ।
आठ वर्षअघि स्थापित लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको आठौँ वार्षिक उत्सवको सन्दर्भमा आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा चिनाउने अभियानलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ । सम्मेलनमा नेपाली दूतावास, बेल्जियम, गैरआवासीय नेपाली सङ्घ, बेल्जियम र बेल्जियम–नेपाल फ्रेन्डसिप एसोसिएसन लगायतको सहभागिता थियो ।
आचार्यका अनुसार सम्मेलनमा बेल्जियमका प्रधानमन्त्रीले शुभकामना सन्देश पठाएका थिए । माल्दिभ्स दूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो भने अल्बानिया, जापान, दक्षिण कोरिया, माल्टा, अल्जेरिया, अङ्गोला, मलेसिया, जर्मनी, अर्जेन्टिना, बोलिभिया लगायत विभिन्न कूटनीतिक नियोगले शुभकामना सन्देश पठाएका थिए । सम्मेलनमा बेलायतको दुरहाम विश्वविध्यालयका पुरातìव विभागका तर्फबाट युनेस्को चेयर फेलो डा. मार्क मेनुअलले दुरहाम विश्वविद्यालयका प्रोफेसर रोबिन कोनिङ्घम र नेपालका वरिष्ठ पुरातìवविद् तथा युनेस्को कन्सल्टेन्ट कोषप्रसाद आचार्यको साथै आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]