रुकुम महोत्सव फागुन १२ देखि

२०७३ पुष ३ गते, आईतवार

काठमाडौं, ३ पुस । आगामी फागुन १२ देखि २१ गतेसम्म रुकुममा पहिलोपटक मध्यपश्चिमाञ्चल रुकुम महोत्सव हुने भएको छ । महोत्सवले मध्यपश्चिम क्षेत्रका औद्योगिक, पर्यटन, कृषिजन्य, ऊर्जा, सांस्कृतिक, धार्मिक तथा आन्तरिक उत्पादनहरुको निर्यातमा बृद्धि गर्न मद्दत पुग्ने अपेक्षा आयोजकको छ ।
महोत्सवमा हेलिकोप्टरबाट सिस्नेहिमाल, कमलताल, स्यार्पुताल, डिग्रे मन्दिरलगायत प्रसिद्ध हिमशृंखलाहरुको दृश्यावलोकन, पाराग्लाइडिङबाट सानोभेरीको अवलोकन, सानोभेरीबाट सुर्खेतसम्मको र्‍याफ्टिङ मुख्य आकर्षणकोरुपमा राखिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु