नयाँ पक्षी देखिए
काठमाडौं, २ फागुन । संरक्षणको अभावमा म्याग्दीका दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका छन् । जिल्ला वन कार्यालयलगायतका सरोकारवाला निकायले चोरी सिकारी तथा वन फँडानीमा ध्यान नदिँदा वासस्थानको अभावका कारण दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका हुन् । म्याग्दी जिल्लाका कुँहू, मालिका, घोडेपानी, बरङ्जा, ताकम, धारापानी, रुम, ओखरबोटलगायतका गाउँका जङ्गलमा पाइने सुनगिद्ध, मुनाल, कालिज, चीरकालिज, हाडे गिद्ध, हिमाली गिद्ध, तित्रोलगायतका पक्षी लोप हुने अवस्थामा पुगेका वन संरक्षण अभियानमा लाग्नुभएका जिल्ला वन कार्यालय म्याग्दीका वनरक्षक बालकृष्ण सुवेदीले बताए । स्थानीयले चेतनाको अभावमा दुर्लभ पक्षी मार्ने गरेका र सिनोमा विष मिसाएर वा गुलेली र ढुङ्गाले हानेर पनि पक्षी मार्ने गरेका छन् सुवेदीले भन्नुभयो । गिद्ध, चिरकालिज, तित्रोलगायतका पक्षीको संरक्षणका लागि जनचेतना अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुवेदीको भनाइ रहेको छ ।
दुर्लभ पक्षी सङ्कटमा पर्दै जान थालेको अवस्थामा नयाँ प्रजातिका चरा भने जिल्लाका जङ्गलमा भित्रिएका छन् । मानसरोवर र साइवेरिया क्षेत्रमा पाइने क¥याकुरुङ, जलेवा र हाँसलगायतका पक्षी म्याग्दीका जङ्गलमा देखिन थालेका स्थानीयले बताएका छन् ।