‘गु द फ्रान्स’को आयोजना हुने
काठमाडौं, ३० फागुन । नेपालस्थित फ्रान्सेली राजदूतावासले यहि चैत्र ८ गते तेस्रो ‘गु द फ्रान्स’ कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंस्थित फ्रान्सका राजदूतको निवासमा पत्रकार सम्मेलन गरी फ्रान्स ‘गस्ट्रोनोमी’को अवसरमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले कार्यक्रममा फ्रान्सेली खाना, परम्परागत खाना राखिने जानकारी दिए ।
यस वर्ष विश्वभरमा दुई हजार रेस्टुराँ यस खाना महोत्सवमा सरिक हनेछन् । नेपालबाट दुई कलेज र तीन रेस्टुराँले सहभागिता जनाउँदैछन् । उनीहरुले फ्रान्सेली स्थानीय खानाको स्वाद चखाउनेछन् । नेपालको पर्यटकीय क्षेत्रको विकास गराउन पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने कार्यक्रममा जानकारी दिइयो ।