त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पस्यो
काठमाडौ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा चितुवा पसेको छ । आज बिहान करिव ८ बजेतिर विमानस्थलभित्र चितुवा पसेको हो । बुद्ध एयरका पाइलटले चितुवा देखेपछि विमानस्थल प्रशासनलाई खबर गरेका थिए । धावनमार्गको मध्य भागमै चितुवा देखिएपछि करिब आधा घन्टा आन्तरिक र बाह्य उडानहरु बन्द गरिएको थियो ।
अहिले उडानहरु सुचारु गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार अहिले चितुवाको खोजी भइरहेको छ । चितुवाको खोजीका लागि विमानस्थलका सुरक्षाकर्मी र सिकारी परिचालन गरिएको प्रवत्ता ठाकुरले बताए । साथै चितुवालाई पक्राउ गर्न सदर चिडियाखान जावलाखेलबाट प्राविधिकसहितको टोलीलाई बोलाइएको जनाइएको छ । विमानस्थलको बाहिर काँडेतारसहित बार लगाइएको भएपनि चितुवा कसरि भित्र छिर्यो भन्ने प्रश्नको जवाफमा प्रवक्ता ठाकुरले अहिले नै त्यसबारे केही भन्न नसकिने बताए ।