बन्दीपुरमा पर्यटकको घुईंचो

२०७४ जेष्ठ १६ गते, मंगलवार

काठमाडौँ, १६ जेठ । पर्यटकीय स्थल तनहुँको बन्दिपुर घुम्न जाने पर्यटकहरुको संख्या बढ्दै गएको छ । पहाडकी रानीको उपमा पाएको बन्दिपुरका स्थानीय यहाँ आउने पर्यकटको स्वागतमै व्यस्त भएका छन् । बन्दीपुरबाट ११ वटा हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरु बढी आकर्षित हुने गरेका छन् ।
बन्दीपुरलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न प्याराग्लाइडिङ र रक क्लाइम्बिङको पनि सुविधा उपलब्ध गराइएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष बयस गुरुङले जानकारी दिए । बन्दिपुरमा अहिले ५७ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । अधिकांश होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । बन्दीपुरमा कोरिया, फ्रान्स, जर्मनी, थाइल्यान्डलगायतका देशका पर्यटक बढी पुग्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु