तलेजु मन्दिर खुल्ला
काठमाडौं, १३ असोज । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने काठमाडौंको हनुमानढोका दरबारमा रहेको तजेलु भवानीको मन्दिर आज खुलेको छ । मन्दिरमा पूजाआजा गर्न विहानैदेखि भक्तजनको घुँईचो लागेको छ । महानवमीको दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिर खुल्ला गरिएको हो । सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ ।