काँक्रेबिहार भित्रका पुरातात्विक सम्पदाहरु अलपत्र
काठमाडौं , २८ असोज । कर्णाली प्रदेशको राजधानि सुर्खेत भित्र रहेको प्रर्यटकिय क्षेत्र काँक्रेबिहारमा रहेको पुरातात्विक सम्पदाहरु प्राचिन काल देखि निर्माण भएका सम्पदाहरु संरक्षण नहुदा अलपत्र परेका छन । संरक्षणकाे लागि राज्यको ८ करोड लगानि गरिए पनि लक्ष्य अनुसार संरक्षण हुन सकेको छैन ।
प्रदेश नम्बर ६ सुर्खेत बिरेन्द्र नगर पालिका ९ काँक्रेबिहार क्षेत्र भित्र १ सय ७५ हेक्टर जमिनमा फैलिएको क्षेत्र भित्र रहेका प्राचिन काल देखी निमाण गरिएका बिभिन्न मोडलका देवल,मूर्ति,कुवा,ईनार ढुंगाबाट बनाईएका देबी देउताका मूर्तिहरु लगाएत अन्य बस्तुहरु ब्यवारीसे अबस्थामा रहेको छन । यीनको संरक्षणको लागि नेपाल सरकारले २०७३ साल जेष्ठ महिना बाट ८ करोड भन्दा बढीको लगानिमा काम गर्न थाले पनि २०७५ जेष्ठ मसान्त सम्म संरक्षण गरी सक्ने गरी निमार्ण कार्यको जिम्मा लिएको निमार्ण कम्पनिको प्रोप्राईटर दिपक कार्कीले समय अवधिमा काम सम्पन्न गर्न सकेका छैनन् ।
काँक्रेबिहार घुम्न आएका आन्तरीक पर्यटकका अनुसार यो ६ नम्बर पदेश को मुख्य पर्यटकिय स्थान काँक्रेबिहार र यस क्षेत्रमा रहेका बिभिन्न पुरातात्विक सम्पदाहरु जताततै ब्यवारिसे देख्दा निकै अचम्म लागेको बताए । यस्ता ब्यवारिसे अबस्थामा रहेका सम्पतिहरुलाई सरक्षण र सहि सम्वर्धन भए आन्तरीक रोजगारी सृजना हुने कैलालि बैनिया घर भई सुर्खेतको काक्रेबिहार घुम्न आएका आन्तरीक पर्यटक लक्ष्मी प्रसाद सापकोटा बताउँछन ।
प्रदेश नम्बर ६ मा रहेका पर्यटकिय धार्मिक,ताल ,झरना,नदी,हिमाल,पुरातात्विक मठ मन्दीर,गुम्बा,भेष भुषा,रिती रिवाज लगाएतमा राज्यले मर्मत सुधार संरक्षणमा ध्यान नदिएको हुँदा जिर्ण बन्दै ओझेलमा पर्दै गएका छन । यस्ता क्षेत्रमा राज्य र सरोकार वाला निकायको समयमानै ध्यान जावस । -दान बहादुर बुढा