बन्दीपुर पर्यटकले खचाखच

२०७५ माघ ४ गते, शुक्रबार

काठमाडौं, ४ माघ । तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएको छ । पर्यटक आउने सिजनको शुरुवातमै तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । स्वदेश तथा विदेशबाट पर्यटक आएपछि बन्दीपुर पर्यटकले खचाखच भएको हो । अहिले दैनिक करिब १ सयदेखि १ सय ५० सम्म स्वदेशी तथा सोही संख्यामै विदेशी पर्यटक बन्दीपुरमा आउने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैँस गुरुङ्गले बताए । पछिल्लो समय बन्दीपुर घुम्न आउने पर्यटकको संख्या बृद्धि भएपछि होटल व्यसायीहरु पनि उत्साहित भएका छन् । पहाडकी रानीको नामले चिनिएको बन्दीपुरमा प्राचीन शैलीका घरहरु तथा मनोरम हिमश्रृंखला अवलोकन गर्न पाइने भएकाले त्यहाँ पर्यटकहरु बढ्दै गएका हुन् ।
शान्त र स्वच्छ वातावरण भएका कारण पनि बन्दीपुर पर्यटकहरुको रोजाइमा पर्न थालेको हो । पर्यटकको आगमनमा वृद्धि भएसँगै त्यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको स्थानीय ब्यवसायीहरु बताउँछन् । बन्दीपुरमा अहिले करिब १ सयको हाराहारीमा सुविधा सम्पन्न होटल र १० भन्दा बढी होमस्टेसमेत संचालनमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु