गढीमाईमा भक्तजनको भिड
काठमाडौं, १८ मंसिर । विश्वमै सबैभन्दा बढी बलि चढाउने मेलाको रुपमा चर्चित बाराको गढीमाइ मेला मंगलबार बिहान पञ्चबलीसहितको विशेष पूजा भएसँगै सुरु भएको छ । बाराको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षीय मानव सागर उर्लेको देखिन्छ । नेपाल तथा भारतबाट आउने दर्शनार्थीहरुको चाप बढ्दै गइरहेको छ । मन्दिरको १५ किलो मिटरसम्मको क्षेत्रमा वृत्ताकार रुपमा दर्शनार्थीहरुको जमघटले सुरक्षाकर्मीलाई समेत व्यवस्थापनमा हम्मेहम्मे भएको छ ।
हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध मेलामा मंगलबारबाट चौपाया बलि दिने क्रम सुरु भएको हो ।