प्रधानमन्त्री ओलीद्वारा माडीमा रामको भव्य मन्दिर बनाउन र अयोध्यापुरी नाम राख्न सुझाब

२०७७ श्रावण २५ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले माडी रामको जन्मभूमि भएको ठोकुवा गर्दै भव्य मन्दिर बनाउन र माडीको नाम अयोध्यापुरी राख्न सुझाब दिएका छन । ओलीले रामायण महाकाव्यका दरबारिया पात्र रामको जन्मभूमि नेपालमै भएको र भारतले नक्कली अयोध्या निर्माण गरी नेपालको संस्कृतिमाथि हस्तक्षेप गरेको समेत ठोकुवा गरेका छन् । प्रतिनिधिमण्डल लिएर आफूलाई भेट्न आएका चितवनको माडी नगरपालिकाका प्रतिनिधिहरूलाई उनले रामको जन्मभूमि नेपाल नै भएको ठोकुवाका साथ अध्योध्याधामको मास्टर प्लान बनाउन पनि निर्देशन दिएका हुन् । ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका प्रतिनिधि शनिबार साँझ बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिहरूसँग रामको जन्भभूमि अयोध्यापुरी नै भएको र त्यहाँ रामको भव्य मन्दिर बनाउन सुझाब दिदै त्यो क्षेत्रलाई अयोध्याधामकै रूपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउन निर्देशन दिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले अर्को वर्ष अर्थात् २०७८ सालको दसैँमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन पनि निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले बताएका छन ।प्रधानमन्त्रीले माडी नगरपालिकाको नाम परिवर्तन गरेर अयोध्यापुरी राख्नसमेत निर्देशन दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु