दुर्लभ ‘किङ कोब्रा’ भेटियो

२०७७ भाद्र ९ गते, मंगलवार


काठमाडाैँ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा भेटिएको छ । गत साउन ७ गते राति चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गर्नुभएको थियो ।
बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेका अवस्थामा राजगोमनलाई देख्नुभएको थियो ।
भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको छ । उद्धारपछि समूहका सदस्यले स्थानीयबासीलाई राजगोमनकाबारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरि जंगलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु