कोरोनाका कारण इन्द्रजात्रा प्रभावित : लिंगो ठडयाउने साइतमा क्षमा पूजा

२०७७ भाद्र १४ गते, आईतवार


काठमाडौं । कोरोनाका कारण इन्द्रजात्रा प्रभावित भएको छ । कोरोनाका कारण लिंगो ल्याउने काम नै रोकिएका कारण बसन्तपुरस्थित लिंगो ठडयाउने काम स्थगित गरी क्षमा पूजा मात्रै गरिएको छ । इन्द्रजात्राका लागि आज विहान आठ बजेर सात मिनेट इन्द्रध्वजा ठड्याउने साइत निस्केको थियो । मानन्धर समुदायले लिंगो ठडयाउने साइतमा क्षमा पूजा गरेका हुन । जात्रा अन्तर्गत आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरव लगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाचपनि स्थगित भएका छन् । नाचमा प्रयोग हुने देवदेवीको मुखौटालाई परम्पराअनुसार भण्डारण गरिएको ठाउँबाट निकालेर मर्मत सम्भार गरिएका छन् भने पूजासहित आसनमा भने राखिएको छ । बेलुका हुने अन्य धार्मिक गतिविधि पनि यसवर्ष नहुने भएको छ ।
भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने इन्द्रजात्रा पहिलो पटक हुन नसकेको हो । सरकारले धार्मिकस्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले सोही अनुसार जात्रा स्थगित गरिएको हो । हरेक वर्ष भदौ शुक्ल द्धादशीका दिनदेखि एक सातासम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु