आन्तरीक हवाइ उडान ,लामो दुरीको यातायात र शिक्षण संस्था भदौ मसान्त सम्म बन्द

काठमाण्डौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन शुरु भए लगत्तै बन्द रहेको आन्तरीक हवाई उडान , लामो दुरीको यातायातमा र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा कोरोना संक्रमण निरन्तर बढीरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
मन्त्री परिषद् बैठकले सरकारले झापाका सिडिओ उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। ढकाल वाणिज्य विभागका सहसचिव हुन् ।