आज इन्द्रजात्रा

२०७७ भाद्र १६ गते, मंगलवार


काठमाडौँ । आज इन्द्रजात्रा, प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । तर यस बर्ष कोरोनाका कारण इन्द्रजात्रा प्रभावित भएको छ । कोरोनाका कारण लिंगो ल्याउने काम नै रोकिएका कारण बसन्तपुरस्थित लिंगो ठडयाउने काम स्थगित गरी क्षमा पूजा मात्रै गरिएको थियो । इन्द्रजात्राका लागि गत आइतबार विहान आठ बजेर सात मिनेट इन्द्रध्वजा ठड्याउने साइत निस्केको थियो । मानन्धर समुदायले लिंगो ठडयाउने साइतमा क्षमा पूजा गरेका हुन । जात्रा अन्तर्गत आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरव लगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाचपनि स्थगित भएका छन् । नाचमा प्रयोग हुने देवदेवीको मुखौटालाई परम्पराअनुसार भण्डारण गरिएको ठाउँबाट निकालेर मर्मत सम्भार गरिएका छन् भने पूजासहित आसनमा भने राखिएको छ । बेलुका हुने अन्य धार्मिक गतिविधि पनि यसवर्ष नहुने भएको छ ।
भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने इन्द्रजात्रा पहिलो पटक हुन नसकेको हो । सरकारले धार्मिकस्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले सोही अनुसार जात्रा स्थगित गरिएको हो । हरेक वर्ष भदौ शुक्ल द्धादशीका दिनदेखि एक सातासम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु