ढोरपाटनमा शिकार सिजन सुरु

२०७७ कार्तिक १९ गते, बुधबार


काठमाडौं । ढोरपाटनमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको मात्र शिकार हुने भएको छ । नेपालको एक मात्र शिकार आरक्षण केन्द्रमा कोरोना त्रासले गर्दा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजनमा २ वटा जनावरको शिकार तोकिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले शिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र शिकारको लागि प्रस्ताव पेश गरेको थियो ।
शिकार आरक्षको धुस्तुङ ब्लकमा एक झारल र एक नाउरको शिकार गर्ने ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियमका नागरिक मंसिर ५ गते शिकारका लागि ढोरपाटन आउने छन् ।
आरक्षणमा वर्षेनी असोजदेखि मंसिर र फागुनदेखि वैशाख गरी दुई पटक शिकार खुल्छ । गत वर्षको दोस्रो सिजनको शिकार कोरोनाका कारण रोकिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु