सदर चिडियाखाना भोलिबाट खुल्ने

२०७७ मंसिर २४ गते, बुधबार


काठमाडौं । चिडियाखानाका प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेलका अनुसार कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको पोखरेले जानकारी दिए । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने छ । एकपटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउने छन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उनले बताए । हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको पोखरेले जानकारी दिए ।
चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव भएपछि चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो । चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु