आठ पारा पाइलटलाई कारवाही !

२०७७ मंसिर २४ गते, बुधबार


काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै आठ जना पारा पाइलटलाई कारवाही गरेको छ । क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ । ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।
दुई साताअघि पोखरामा पाराग्लाइडिङ उडानकोक्रममा दुर्घटनामा परि पाइलट राजु विकको मृत्यु भएपछि विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् । उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहो¥याएको भन्दै आठ जना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु