राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अयोध्यापुरी लगिदै

२०७८ बैशाख ७ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई बालुवाटारमा विधिवत् रूपमा पूजा गरी पठाइएको छ । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरू चितवन पठाइएको हो ।
प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।
प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिमा सहितको रथयात्रालाई विदाई गरेकी थिइन् । मुर्तीहरू लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मुर्तिहरू राख्ने कार्यक्रम रहेको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु