अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिँदै

काठमाडाैं । रामनवमीका अवसर पारेर आज चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । आज मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको बताइएको छ । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।
गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरे अनुसार आज प्रतिस्थापन गरिन लागिएको हो ।