कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आरोहण

काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन । यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उनिसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् । शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए । उनले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए । त्यसबाहेक उनले पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसकेका छन । उनले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत रेकर्ड बनाइ सकेका छन ।
पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय बढी आरोहीले अनुमति पाएका छन्।