बहराइनका राजकुमार शेखद्वारा सगरमाथा आरोहण

२०७८ बैशाख २८ गते, मंगलवार

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको ‘रोयल गार्ड’ टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को बीचमा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक प्रालिले जानकारी दिएको छ ।
सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर मापन भएयता विदेशी आरोहणदल सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो पटक हो । आरोहण दलको नेतृत्व टासी लाक्पा शेर्पाले गरेका थिए । उनी १९ वर्षको उमेरमा अक्सिजन विना सगरमाथा आरोहण गर्ने कीर्तिमानधारी आरोही हुन् । बहराइनका राजकुमर सहितको टोलीले सगरमाथा आरोहणको तयारीस्वरुप लोबुचे र मनासलु हिमाल आरोहण समेत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु