कालो सालक भेटियो !

२०७८ जेष्ठ ११ गते, मंगलवार

काठमाडौँ । जिल्ला वन कार्यालय गोरखाले संरक्षित कालो सालक फेला परेको जनाएको छ । वन कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको हो । सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु