सगरमाथा दिवस मनाइदै

काठमाडौं । आज २९ मे अर्थात सगरमाथा दिवस। सगरमाथा आरोहणको स्मृतिमा आज विभिन्न कार्यक्रम गरी मनाइदै छ। २९ मे १९५३ को दिन दिउँसो ११ बजेर ३० मिनेटजाँदा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका आरोही एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला राखेका थिए। सोहि आरोहणको सम्झानामा सगरमाथा दिवस मनाउने चलन छ। ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा विश्वको सर्वोच्च शिखर हो । निकै चिसो मौसम, सीधा चढाइ र हिउँको तुफानका कारण यो शिखरमा पुग्ने कैयौं प्रयासपछि पनि कोही मानिस पुग्न सकेका थिएनन् । १९२१ मा बेलायतले नै एक अभियान अन्तर्गत पर्वतारोहीको एक दल सगरमाथामा पठाएको थियो तर एक भयानक हिउँको तुफानले यो दलको बाटो रोकिदियो ।
१९५२ मा तेन्जिङ नोर्गे २८ हजार २१० फिटको उचाइसम्म पुगेका थिए तर अझै पनि शिखर टाढा नै थियो । अर्को वर्ष बेलायतले कर्णेल जोन हन्टको अगुवाइमा एक दल सगरमाथामा पठाउने तयारी गर्यो । तेन्जिङ नोर्गे र एडमण्ड हिलासी यो दलका सदस्य थिए । यो दललाई पूरै तयारीका साथ सगरमाथा आरोहणका लागि पठाइयो।
१९५३ को अप्रिलमा दलले आरोहण सुरु गर्यो। यो दल २६ हजार फिटको उचाइसम्म पुगेको थियो। अगाडिको बाटो अझै कठिन थियो। २६ मेमा दलका सदस्यहरु चार्ल्स इभान्स र टोम बोर्डिलनले अन्तिम आरोहण सुरु गरे । शिखरभन्दा करिब ३ सय फिट तल पुग्दा अक्सिजन मास्कमा खराबी आएपछि उनीहरु फर्किनु परेकाे थियाे।