बागलुङको झोलुङ्गेपुल गिनिज बुक अफ वल्र्ड रेकर्डमा !

२०७८ कार्तिक १८ गते, बिहीबार

काठमाडौँ । बागलुङ नगरपालिकाले बागलुङ सदरमुकाममा बनेको झोलुङ्गेपुल गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ताको लागि प्रक्रिया अगाडि बढाएको छ । बागलुङ नगरपालिकाले बागलुङ सदरमुकाममा एक बर्ष अघि निर्माण सम्पन्न गरेको पुल बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल दाबी गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि प्रक्रिया अगाडि बढाएको हो । बागलुङ नगरपालिका १ र पर्वतको कुश्मा १ पाङ जोड्ने सिंगल स्पानको पुलको लम्बाइ ५६७ मिटर रहेको छ । झोलुङ्गेपुल बिश्व कै सबैभन्दा लामो भएको दाबीसहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउन प्रक्रिया शुरू गरेको बागलुङ नगरपालिकाले बताएको छ ।
यसअघि गिनिज बुक अफ वल्र्ड रेकर्ड स्वीट्जरल्याण्डमा बनेको ४९४ मिटर लामो सिंगल स्पानको चाल्ज ब्रिज झोलुङ्गेपुलको नाममा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु