दुई महिनामा ३७ हजार ७ सय पर्यटक भित्रिए

२०७८ फाल्गुन २० गते, शुक्रबार


काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकको संख्यामा वृद्धि भएको जनाएको छ । २ महिनाकै अवधीमा गत वर्ष भन्दा दोब्बर पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी) मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार यो वर्ष फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको यही महिनामा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको तुलनामा १ सय १६ प्रतिशतले बढी हो । सन् २०२२ को पहिलो महिनामा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार दुई महिनामा कुल ३७ हजार ७४१ जना पर्यटक नेपाल भित्रिएका छन्् । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन क्रमशः सुधारोन्मुख देखिए पनि उत्साहजनक तथ्यांक भने आएको छैन । तथ्यांक अनुसार नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । एक महिनामा भारतबाट ५ हजार ९९८ जना नेपाल आएका छन् । भारतपछि पर्यटक बढि भित्रिने मुलुक अमेरिका हो । अमेरिकाबाट फेब्रुअरीको अन्त्यसम्म ३ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् । यस्तै बेलायत २ हजार २१७ र अष्ट्रेलियाबाट १ हजार ५२, बंगलादेश ८ सय ८८, जर्मनी ६ सय ४२, फ्रान्स, ५ सय २ र नेदरल्याण्ड्सबाट २ सय ५२ पर्यटक नेपाल भित्रिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु