जुनमा झण्डै ४७ हजार पर्यटक भित्रिए

काठमाडौँ । अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा ४६ हजार नौ सय ५७ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। यससँगै सन् २०२२ को ६ महिनामा दुई लाख ३७ हजार ६५४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। पर्यटक आगमनको संख्या भने अघिल्लो महिनाको तुलनामा कम छ। यसअघि मे महिनामा ५३ हजार ६ जना ८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। मेको तुलनामा जुनमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा साढे ६ हजारले घटेको छ। मेमा सबैभन्दा बढी भारतीय पर्यटक भ्रमणका लागि नेपाल आएका हुन्।
तथ्यांकअनुसार भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक आएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार नौ ८०, बंगलादेशबाट २ हजार ५९, बेलायतबाट २ हजार २, अष्ट्रेलियाबाट एक हजार चार सय ८२ जना पर्यटक भित्रिएका छन्। कोरोना माहामारीअघि सन् २०१९ को तुलनामा हाल पर्यटनको संख्या ६९ प्रतिशतले रिकभर भएको जनाइएको छ।