आज विश्व बाघ दिवस

काठमाडौं । आज विश्व बाघ दिवस ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने संकल्पका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो । जसअनुसार सन् २०१८ मा नेपालमा बाघको संख्या २ सय ३५ पुगेको थियो ।
हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेको छ । बाघको संख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दा पीडित हुने क्रम भने बढेको छ ।